About Our Campus

"What really turned me over was the ability to understand how everything works without any prior knowledge. and i think that Education is most powerful weapon for human future. "
Mr. Manoj dhar dwivedi
Vice Campus chief

१. क्याम्पसको परिचय
मानव सभ्यताको विकासक्रमको विभिन्न चरणमा शिक्षाको योगदानले महत्वूर्ण भूमिका निर्वाह गरेको तथ्य हाम्रो सामु स्पष्ट नै छ । गुरुकुलीय शिक्षाबाट प्रारम्भ भएको नेपालको शैक्षिक विकास वर्तमानमा अन्तर्राष्ट्रियकरण र विश्वव्यापीकरणको युगमा प्रवेश गरिसकेको छ तापनि राजनैतिक अस्थिरता, गरिबी, पछौटेपन एवम् विविधखाले अस्तव्यस्तताले गर्दा हालसम्म पनि नेपालको शैक्षिक प्रणाली अपेक्षाकृत व्यावहारिक, व्यावसायिक, वैज्ञानिक एवम् आधुनिक बन्न सकेको छैन । कुनै पनि समुन्नत राष्ट्र निमार्णका लागि दक्ष जनशक्ति नै मुख्य आधार रहेको सन्दर्भमा शिक्षाजस्तो अत्यावश्यक कुरालाई सर्व–साधारणको पहुंचभित्र राख्दै गुणस्तरीय शिक्षा प्रदान गर्नु आजको टठ्कारो आवश्यकता रहेको महसुस सबैमा हुनु जरुरी छ ।
प्रविधिको द्रुततर विकासले प्रभावकारी उत्पादन तथा वितरण प्रणाली विकास भएको र यसले गर्दा विश्वव्यापीकरण हावी भएको पृष्ठभूमि एवम् सूचना प्रविधिको अकल्पनीय विकासले विश्वलाई सूचना ग्राममा परिणत गरेको वर्तमान अवस्थामा मुलुकको सर्वाङ्गीण विकासको मोडेल कस्तो हुने र त्यसका लागि आवश्यक पर्ने उच्च जनशक्ति कस्तो र कसरी उत्पादन गर्ने भन्ने कुरा हामी सबैका लागि चुनौतिको विषय बनेको छ । वर्तमान एक्काइसौं शताब्दीको सूचना प्रविधिको युग एवम् विश्व परिवेशमा राष्ट्रको शैक्षिक आवश्यकता एवम् उच्च शिक्षातर्फको बढदो आकर्षणलाई दुष्टिगत गरी लुम्बिनी अञ्चल, नवलपरासी जिल्लाको पवित्र तीर्थस्थल त्रिवेणीधाम, गजेन्द्रमोक्ष, दिव्यधाम तथा वाल्मीकि आश्रमको समीपमा प्रतापपुर गा.पा. वार्ड नं. ९ बेलाटारीमा अवस्थित त्रिभुवन क्याम्पस बेलाटारी, यस क्षेत्रका ४ गाउ“पालिका र १ नगरपालिका हरुको एक प्रतिष्ठत शैक्षिक प्रतिष्ठानको रुपमा चिरपरिचित छ ।
वर्तमान समयमा देखिएको शैक्षिक प्रतिस्पर्धाको वीचमा यस क्षेत्रका निम्न, मध्यम वर्गीय, जनजाति,महिला, दलित तथा पिछडिएका वर्गलाई शिक्षाको उज्यालो दीपवाट प्रज्वलित गराउने उद्देश्य वोकी वि.स. २०६१ साल देखि त्रिभुवन विश्वविद्यालयवाट सम्बन्धन लिई शिक्षाशास्त्र संकाय तीन वर्षे बी.एड. ( हाल ४ वर्षे ) कक्षा तथा २०६६ साल देखि वाणिज्यशास्त्र संकाय तीन वर्षे बी.बी.एस. ( हाल ४ वर्षे ) कक्षा संञ्चालन भई रहेको छ परिवार, गाउ“ समाज र राष्ट्र लगायत हरेक क्षेत्रको उन्नति, विकासका निम्ति शिक्षा अपरिहार्य हुन्छ । यही धारणालाई हृदय∙म गरी यस क्याम्पसले व्यवहारिक,प्रविधिक तथा सांस्कृतिक शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादनको निमित्त पहल गर्दै आएको छ । २१ औं शताब्दीको प्रतिस्पर्धात्मक विश्वमा योग्य र असल नागरिकका रुपमा सक्षम जनशक्ति राष्ट्रको खांचो हो भन्ने यर्थाथलाई सफल पार्न त्रिभुवन क्याम्पस बेलाटारी कटिबद्व रहि रहनेछ ।
वि.स. २०६१ सालमा श्री त्रिभुवन उच्च मा.वि. बेलाटारीको भवनमा विहानी कक्षा सञ्चालन भयो । निर्वाचन क्षेत्र नं. ६ का तत्कालीन सांसद माननीय ह्दयेश त्रिपाठीज्यूको भगीरथ प्रयासले, संस्थापक क्याम्पस अध्यक्ष श्री केदारनाथ पाण्डे एवम् संस्थापक क्याम्पस प्रमुख श्री सत्यदेव पाण्डेय एवं संचालक समितिका सदस्यहरुको अनवरत प्रयासले भारतीय राजदूतावास लैनचौर काठमाण्डौंका महामहिम राजदूत श्री श्याम शरणज्यूबाट भारत सरकारको आर्थिक सहयोगमा रु २ करोड ९६ लाखको लागतमा श्री त्रिभुवन क्याम्पस बेलाटारी नवलपरासी ( नेपाल–भारत मैत्री भवन) २६ कोठे २ तले पक्की भवन निर्माण गर्नका लागि पूर्वाधार खडा गर्न अतुलनीय योगदान गर्नुभयो । जसको फलस्वरुप २०६१ असोज १८ गते भारतीय राजदूतावासको आर्थिक सल्लाहकार डा. खेया भट्टाचार्यज्यूले शिलान्यास गर्नुभयो तथा २०६३ असार २२ गते महामहिम भारतीय राजदूत श्री शिवशंकर मुखर्जीज्यूले उद्घाटन गर्नुभयो । सबै जनाको दैनिक रेखदेखले भवन निर्माण भयो, त्यसमा पनि अग्रिम पंक्तिमा अध्यक्ष श्री केदारनाथ पाण्डे, सदस्यहरु श्री तारा सिंह थापा, श्री खेमनारायण गुरौं, श्री अशोक जंग राणा, श्री राम अवतार कोइरी तथा खिरिनारायण चौधरीको े सहयोग सराहनीय छ । वेला वेलामा ह्दयेश त्रिपाठी ज्यूको मार्ग दर्शनले हामीलाई अझ सक्रिय तुल्यायो । क्याम्पस भवनको डिजाइन, नक्शा निर्माणमा इन्जिनियर श्री शैलिेश तिवारीज्यूको विशेष योगदान सहित निर्माण अवधिभरी अहोरात्रि खटिनुभएकोले वहाको नाम क्याम्पसमा अंकित रहनेछ ।
माता सरस्वतीको स∙मरमरको मूर्ति क्याम्पस प्रवेशद्वारमा स्थापित गरिएको छ । ज्ञानकी देवीको दर्शनले आध्यात्मिक उर्जा समस्त शिक्षार्थी, शिक्षाप्रेमीहरुलाई प्राप्त हुनेछ । विश्वविद्यालय अनुदान आयोग प्राप्त अनुदानबाट एउटा छुटै प्रशासनिक भवनको निर्माण भईसकेको छ । साथै क्यातधबचभ जडित पुस्तकालय एवं प्रोजेक्टर सहित कम्प्ययुटर लैब र प्रत्येक कोठामा ऋऋत्ख् ऋबmभचब जडान भइसकेको छ ।
क्याम्पसको वाह्य आय श्रोत नहुदा शुरुका दिनमा २०६१ सालमा बी.एड. प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुको शुल्कले मात्र प्राध्यापकहरुको तलब दिन असमर्थ भएकोले संस्थापक क्याम्पस प्रमुख श्री सत्यदेव पाण्डेय ( श्री त्रिभुवन उच्च मा.वि. बेलाटारीको प्राचार्य ) लगायत प्रशासकीय कार्य गर्ने तपसिलका शिक्षक कर्मचारीहरुले स्थापनाकालमा अवैतनिक रुपमा अहोरात्रि खटिनु भयो । वाहाहरुले गर्नुभएको अमूल्य योगदानको कदर गर्दै प्रतिवेदनमा नामाकित गर्न सान्दर्भिक ठान्दछु ।
१. श्री सत्यदेव पाण्डे क्याम्पस प्रमुख
२. श्री मुक्तिनाथ पाण्डे सहायक प्रशासक
३. श्री ऋषिकेशव उपाध्याय प्रशासकीय सहायक
४. श्री नरेन्द्रराज कण्डेल लेखापाल ( कार्यालय सहायक ) लाइब्रेरियन
५. श्री देवीप्रसाद चौधरी पियन
वि.स. २०६४ सालमा पहिलो ब्याचको नतिजा प्राप्त भए पश्चात विश्वविद्यालय अनुदान आयोगवाट वार्षिक अनुदान आउन थालेको छ । उच्च शिक्षा आर्थिक व्यवस्थापन समिति नवलपरासीवाट पनि वार्षिक आर्थिक सहयोग प्राप्त भई रहेकोछ साथै ०६९÷०७० मा विश्वविद्यालय अनुदन आयोगबाट पुस्तक खरिद गर्नको लागी २०००००।– ( दुईलाख ) प्राप्त भएको छ । आ.व. ०७०÷०७१ मा विश्वविद्यालय अनुदान आयोगवाट प्रशासनिक भवनको लागि रु २५००००० ( पच्चिस लाख ) प्राप्त भएको छ र ०७१÷०७२ मा रु. १२,५०,००० ( बाह्लाख पचासहजार ) प्रशासनिक भवनको माथिल्लो तल्ला थप गर्न प्राप्त भएको छ ।
आ.व. ०७२÷०७३ मा विश्वविद्यालय अनुदान आयोगबाट कम्प्युटर खरिद गर्नको लागि रु. १९४०००।– (एकलाख चौरान्बे हजार ) आ.व. ०७३÷०७४ मा विश्वविद्यालय अनुदान आयोगबाट नियमित अनुदानको रुपमा ६२४८५०।– तथा क्क्च् तयारीको लागि २०००००।– र ज्भ्च्ए कार्यक्रम अन्र्तगत ४४५५०००।– स्वीकृत भई सकेकोछ । त्यस मध्ये खरिदको लागी निम्न शिर्षकमा पुस्तक,जेनरेटर,इनरफिल्ड,साइकल मोटरसाइकल कार स्टेण्ड तथा भलिब,बैटमिन्टल,बास्केट बल खरिद गर्नको लागी क्रमशः रु.२७१६५६।–,रु.१६९९८३।–रु.२९१९९२।– तथा २८५२८७।३३ रकम अनुदान आयोग ज्भ्च्ए कार्यक्रम अन्र्तगत प्राप्त भइसकेको छ । तथा ज्भ्च्ए कार्यक्रम अन्र्तगत वार्षिक प्रतिवेदन, त्चभककयच च्भउयचत तथा एबकक च्बतभ मा क्रमशः रु.१०००००।–,रु.३३६००।– तथा रु.३३८२४०।– प्राप्त भइसकेको छ । अनुदान आयोग आ.व. ०७४÷०७५ नियमित अनुदान वापत रु. ५६७०२५।– मा प्राप्त भएको छ ।
हाल पूर्णकालिन ८ जना, आंशिक ७ जना प्राध्यापकवाट शिक्षाशास्त्र संकाय एवम् ब्यवस्थापन संकायमा सुचारु रुपले पठन पाठन भइरहेकोछ । वर्तमान सञ्चालक समितिको सक्रियतामा उपदान कोष, मर्मत कोष, भविष्य निधि – अवकाश कोष) , छात्रवृत्तिको व्यवस्था, विशिष्ट एवं प्रथम श्रेणीमा उत्र्तीण विद्यार्थीको शुल्कमा क्रमशः ७५र ५० प्रतिशत छुट सहित क्याम्पस श्रोतबाट प्रत्येक तहमा एक जना छात्र र एक जना छात्रा गरी १२ जनालाई जनही रु २०००।– छात्रवृत्ति प्रदान गरिएकोछ ।
आ.व. ०७४÷०७५ को लेखा परीक्षण भई सकेको र सो प्रतिवेदन अनुसार कुल आम्दानी रु. ६१७५४०४।९८ रहेकोछ भने कुल खर्च रु. ६४५३०९८।९२ रहेको छ ।
क्याम्पस स्थापना कालमा त्रिभुवन उच्च माध्यमिक विद्यालयको ब्यवस्थापन समिति नै क्याम्पस सञ्चालक समितिको रुपमा काम ग¥यो जसको नामावली यस प्रकार रहेको छ ।
१. श्री केदारनाथ पाण्डे अध्यक्ष ( प्रतापपुर–४, बेलाटारी, न.प. )
२. श्री तारा सिंह थामा सदस्य ( गुठीपरसौनी–७, पिपरपाती, न.प. )
३. श्री खेमनारायण गुरौं सदस्य ( प्रतापपुर–३, प्रतापपुर, न.प. )
४. श्री राधा शाही सदस्य ( प्रतापपुर–४, बेलाटारी, न.प. )
५. श्री अम्बरीश राय सदस्य ( गुठी सूर्यपुरा–३, गोबरहिया, न.प. )
६. श्री बालकृष्ण पाण्डे सदस्य ( रुपौलिया–९, महलबारी, न.प. )
७. श्री सत्यदेव पाण्डेय सदस्य सचिव÷ क्याम्पस प्रमुख ( गुठि परसौनी, न.प. )

वि.स. २०६१ सालमा उच्च मा.वि.मा अध्यापन गरिरहेका शिक्षकहरुवाट तथा क्याम्पसको विज्ञापनवाट छनौट भएका प्राध्यापकहरुको सहयोगले बी.एड. कक्षा सञ्चालन गरियो जसको विवरण यस प्रकार छ ।
१. श्री सत्यदेव पाण्डेय क्याम्पस प्रमुख
२. श्री मनोज धर द्विवेदी सहायक प्राध्यापक
३. श्री रामप्रसाद भट्टराई सहायक प्राध्यापक
४. श्री दिलिप शर्मा सहायक प्राध्यापक
५. श्री जनार्दनसिंह चौधरी सहायक प्राध्यापक
६. श्री भिमराज पंगेनी सहायक प्राध्यापक
७. श्री दिलीप कुमार वर्मा सहायक प्राध्यापक
८. श्री मुक्तिनाथ पाण्डे सहायक प्रशासक
९. श्री ऋषिकेशव उपाध्याय प्रशासकीय सहायक
१०. श्री नरेन्द्रराज कण्डेल लेखापाल तथा लाइब्रेरियन
११. श्री देवीप्रसाद चौधरी पियन
तीन वर्षे स्नातक तह शिक्षाशास्त्र संकायवाट २०६१ सालको पहिलो समूहमा जम्मा ३० जना विद्यार्थी रहेका थिए । जसमध्ये हरेक वर्ष उत्र्तीण हुदै २०६४ सालमा नियमित तर्फका ९ जना पहिलो द्यबतअज मा उत्तीर्ण भएका थिए । ती विद्यार्थीहरुको नामावली यस प्रकार रहेकोछ ।
१. श्री बलवन्त कुर्मी प्रतापपुर–८, अठिलही, न.प. प्रथम श्रेणी
२. श्री वन्दना पाण्डे प्रतापपुर–४, बेलाटारी, न.प. द्वितीय श्रेणी
३. श्री सन्तोष कुमार उपाध्याय जमुनिया–४, सेमरी, न.प. द्वितीय श्रेणी
४. श्री दिनेश कुमार उपाध्याय प्रतापपुर–१, खैरहनी, न.प. द्वितीय श्रेणी
५. श्री धर्मराज स्वर्णकार गुठि सुर्यपुरा–५, सुर्यपुरा न.प. द्वितीय श्रेणी
६. श्री विश्वकर्मा लोहार बैदौली–८, बसहिया, न.प. द्वतीय श्रेणी
७. श्री रामप्रसाद पाण्डे रुपौलीया–९, महलवारी, न.प. द्वितीय श्रेणी
८. श्री त्रिभुवानी पाठक कुडिया–६, जमुनावारी, न.प. द्वितीय श्रेणी
९. श्री चक्रवहादुर कुश्वाहा भुजहवा–५, भटवलीया, न.प. द्वितीय श्रेणी

 

We offer following courses

bachelor in education

Four-year B.Ed. with annual examination system is a professional as well as academic programme designed for preparing competent teachers who can teach two subjects at secondary level.

Read More

bachelor in business studies

The Faculty of Management (FOM), TribhuvanUniversity has its ultimate objective of educating students forprofessional pursuits in business, industry and government. It is further dedicated to contributing to an increase inthe knowledge and understanding of business and public administration.

Read More

our major subjects

Mathmatics

This three-year program will equip you with a deep knowledge of calculus, linear algebra, discrete mathematics, modelling and complex analysis as well as the quantitative and analytical skills to apply mathematics across a variety of fields and industries.

Nepali

Accordingly, students of four-year BEd. programme will have to study one subject area as specialization major and the next as specialization minor area selecting from among Nepali Education

Account

English


A degree in English language and literature is designed to get you reading books, analyzing theories, critiquing prose and verse, and taking a more critical look at the signs and words surrounding us every day.

Health & Population

Business Administration

Our First Batch Graduate