
यही भदौ १० गते बुधबार रसुवागढी क्षेत्रमा आएको बाढीका कारण देशमा ठूलो जनधनको क्षति भएकोमा त्रिभुवन क्याम्पस बेलाटारी नवलपरासी गहिरो दुःख व्यक्त गर्दछ। साथै विपत्तिमा परेका नागरिकहरुको उद्धार,राहत तथा पुनर्स्थापनाका लागि क्याम्पसको तर्फबाट नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा सहयोग स्वरुप रू ५१,१११।- (अक्षरूपी रू एकाउन्न हजार एक सय एघार रूपैयाँ) मात्र जम्मा गरेका छौं।

